Techie IT
सोमबार, वैशाख २२,२०८२

कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि


काठमाडौं, १६ कात्तिक । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्व सुरू भएयता बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ ।

इजरायल सरकारले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरेको हो । विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ ।

तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् । बन्धक बनाएकामध्ये हालसम्म हमासले ५ जनालाई रिहा गरेको छ ।

हमासले गत अक्टोबर २० मा दुई अमेरिकी नागरिक र २३ अक्टोबरमा दुई जना इजरायली वृद्धालाई हमासले मुक्त गरेको हो । यस्तै, २९ अक्टोबरमा एक इजरायली सेना पनि मुक्त भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #braking, #विपिन जोशी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545