राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा

१६ कात्तिक, काठमाडौं । सरकारले राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि अर्याल र पुडासैनी सचिव बनेका हुन् ।
बिहीबार विहान बसेको मन्त्रिपरिषद बैठकले अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको सचिव बढुवा सिफारिस समितिले सचिव बढुवाका लागि मन्त्रिपरिषदमा गरेको सिफारिसअनुसार दुई जना सचिवमा बढुवा भएका हुन् ।
प्रशासनतर्फबाट सचिव बनेकी अर्याल हाल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी कामु प्रमुख सचिव छिन् । उनीसँगै कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कामु प्रमुख सचिव चुडामणि पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका हरिप्रसाद लम्सालको नाम सिफारिस भएको थियो
इन्जिनियरिङतर्फको सचिव बनेका पुडासैनीको नाम एकल रुपमा सिफरिस भएको थियो । वरिष्ठताका आधारमा चार पटक सिफरिसमा परे पनि सचिवमा बढुवा नभएका पुडासैनीको नाम पाँचौं पटक भने एकल रुपमा सिफरिस भएसँगै मन्त्रिपरिषद बैठकले उनलाई सचिव बनाउने पक्का थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्