Techie IT
सोमबार, वैशाख २२,२०८२

लुम्बिनी प्रदेश सरकारकाे चालु आवको ३ महिनाको खर्च ७.११ प्रतिशत


दाङ  । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को ३ महिनाको अवधिमा ७.११ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ७.११ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय राप्ती उपत्यका देउखुरीले जनाएको छ । जुन खर्च चालु तथा पुँजीगत समेतको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाखको बजेट रहेको छ । प्रदेश सरकारको चालु आ.व.को बजेट गत आवको  भन्दा २ अर्ब १६ करोड कम रहेको छ ।

असोज मसान्त सम्ममा २ अर्ब ८७ करोड ७२ लाख ३० हजार ९ सय ९६ रुपैयाँ १३ पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले वेब साइडमा सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । असोज मसान्त सम्ममा चालु तथा ९.५१ प्रतिशत बजेट खर्च भएको छ । चालु तर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार बजेट रहेकोमा १ अर्ब २९ करोड ६६ लाख ८५ हजार ५८ रुपैयाँ खर्च भएको छ ।  पुँजीगत तर्फ ४‍.५१ प्रतिशत मात्र बजेट खर्च भएको हो । पुँजीगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट रहेकोमा १ अर्ब ४ करोड ९० लाख ३४ हजार १ सय ५८ रुपैयाँ ७० पैसा खर्च भएको छ । विकास निर्माणका काम सुरु हुने समय नभएको र नेपालीहरूको ठुला चाडपर्व भएकाले बजेट कम खर्च भएको प्रदेश सरकारको भनाइ रहेको छ । पहिलो चौमासीमा योजनाहरूको लागत स्टीमेट गर्ने, ठेक्का आह्वान गर्ने भएकाले कम कम हुने गरेको बताइएको छ ।

तर विकासका जानकारहरूले यस खर्चलाई सन्तोष जनक नभएको बताउने गरेका छन् । बजेट भए पनि विभिन्न वाहानामा भएको बजेट पनि खर्च गर्न नसक्ने विगत देखिको समस्या हो । यस प्रकारको समस्याको समाधान गर्न सङ्घीय सरकारले पटक पटक निर्देशन दिए पनि समाधान भने हुन सकेको छैन ।

प्रदेश सभाको जम्मा १२.०३ प्रतिशत बजेट खर्च भएको छ । जस मध्ये चालु तर्फ १४.०२ र पुँजीगत तर्फ ४.७१ प्रतिशत खर्च भएको छ । प्रदेश लोक सेवा आयोगको जम्मा ९.२७ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालु तर्फ १०.४३ र पुँजीगत तर्फ ०.३७ प्रतिशत बजेट खर्च भएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको जम्मा ३.६० खर्च भएको छ । जसमा चालु तर्फ ३।७५ भएको छ भने पुँजीगत तर्फ खर्च हुन सकेको छैन ।

अर्थ मन्त्रालयको जम्मा ११.३५ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालु तर्फ ११.५० र पुँजीगत तर्फ ९.४९ प्रतिशत बजेट खर्च भएको छ । उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जम्मा ९.०६ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालु तर्फ १३.९ र पुँजीगत तर्फ ०.८२ प्रतिशत खर्च भएको छ ।

त्यसैगरेर कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जम्मा ८.२१ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालु तर्फ ८.४४ र पुँजीगत तर्फ ६.०२ प्रतिशत बजेट खर्च भएको छ । गृह मन्त्रालयको जम्मा १४.१९ बजेट खर्च भएको छ । जसमा चालु तर्फ ७.८० र पुँजीगत २१.३२ प्रतिशत बजेट खर्च भएको छ । बन तथा वातावरण मन्त्रालयको जम्मा १०.२४ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालु तर्फ १६.०२ र पुँजीगत तर्फ २.४९ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको जम्मा २.९० प्रतिशत खर्च भएको छ । जसमा चालु तर्फ १७.४१ र पुँजीगत तर्फ २.४० प्रतिशत बजेट खर्च भएको छ । खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जम्मा १०.०४ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालु तर्फ १५.६५ र पुँजीगत तर्फ ९.८० प्रतिशत बजेट खर्च भएको छ ।

यसै गरेर सामाजिक विकास मन्त्रालयको जम्मा ६‍.६० प्रतिशत बजेट खर्च भएको छ । जसमा चालु तर्फ ७.१६ र पुँजीगत तर्फ ३.०९ प्रतिशत बजेट खर्च भएको छ । स्वास्थ्य मन्त्रालयको जम्मा ९.६२ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालु तर्फ १३ र पुँजीगत तर्फ ३.१७ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश योजना आयोगको जम्मा ४.७५ बजेट खर्च भएको छ । जसमा चालु तर्फ ६.५६ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ बजेट खर्च हुन सकेको छैन । अर्थ विविध तर्फको कुनै पनि बजेट खर्च भएको छैन । स्थानीय तह निकासा तर्फ चालु शीर्षक अन्तर्गत १४.८१ प्रतिशत बजेट खर्च भएको छ । स्थानीय तहमा जाने बजेट चालु शीर्षक अन्तर्गत जाने गरेको छ । जुन चालु तथा पुँजीगतमा खर्च हुने गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #लुम्बिनी प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545