बाराका प्रिन्सिपल रूपेशको हत्यामा प्रेमिका र उनका अर्का प्रेमीको हात

बारा, १४ कात्तिक । प्रहरीले बाराको कलैयास्थित बाल एकता माविका प्रिन्सिपल रूपेश सर्राफको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण भएको हुनसक्ने अनुमान गरेको छ ।
प्रहरीका अनुसार प्रिन्सिपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । सर्राफसँग प्रेममा रहेकी एक युवतीले अर्का एक पुरुषसँगको मिलेमतोमा सर्राफको हत्या गराएको प्रहरीको अनुमान छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि सम्बन्धमा रहेको खुलेको छ । सर्राफ हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान दिएकी छन् । अर्का एक पुरुषले ती महिलालाई सर्राफसँग सम्बन्ध तोड्न दबाब दिएका थिए ।
प्रहरीका अनुसार महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् ।
हत्यामा संलग्न ३ जनालाई पक्राउ गरेर अनुसन्धानलाई अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्नको आरोपमा दुईजना पुरुष एकजना महिला पक्राउ परेका छन् । प्रहरीले अनुसन्धान प्रभावित हुनसक्ने भन्दै पक्राउ परेकाहरुको परिचय भने खुलाएको छैन् । आज दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
सर्राफमाथि हिजो सोमबार दिउँसो गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका सर्राफको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बाराका प्रिन्सिपलको हत्यामा प्रेमिका र उनका अर्का प्रेमीको हात ?
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्