सप्तरीमा आँपको रुखमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला

सप्तरी । सप्तरीमा आँपको रुखमा झुन्डिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । जिल्लाको रुपनी गाउँपालिका ६ तेरहौताको एक बगैँचामा आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो ।
रुपनी गाउँपालिका ६ तेरहौताका उत्तिमलाल साहको ३५ वर्षीय छोरा सन्तोष साह आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
घरदेखि ८ सय मिटर पश्चिम आँप बगैँचामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा साहलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।
आइतबार राती गाउँका अगुवाहरूबाट दुर्व्यवहारमा परेपछि परिवारसँगै सुतेको बेला कसैलाई थाहा नदिई घरबाट निस्किएका उनलाई खोजी गर्ने क्रममा झुन्डिएको अवस्थामा सोमबार बिहान मृत भेटिएको स्थानीयले बताएका छन् । साहको श्रीमतीसित केही समयदेखि सम्बन्ध बिग्रिएको स्थानीयको भनाइ छ । तनावमा आएर आत्महत्या रोजेको हुनसक्ने आशङ्का स्थानीयवासीको छ ।
स्थानीयका अनुसार स्व। साह ९ वर्ष वैदेशिक रोजगारीबाट ५ महिना अगाडि मात्र स्वदेश फर्किएका थिए ।
मृतक साहको शव परीक्षणका लागि राजविराज पठाइएको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शव फेला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्