मुगु हत्या प्रकरण: एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्याको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला सदरमुकाम गमगढीस्थित बजारबाट प्रहरीले शंकाका आधारमा ती व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिबारेको सूचना गोप्य राखेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
घटनाको सूक्ष्म अनुसन्धानका लागि जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुन्दु पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ ।
अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित प्रहरीको अनुसन्धान टोली शनिवार मुन्दु गाउँमा पुगेको हो ।
शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।
घटना बुधबार साँझ घटेको भएपनि प्रहरीले ढिला गरी जानकारी पाएकाले अनुसन्धान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।
शव शनिबार जिल्ला अस्पतालमा ल्याइए पनि पोस्टमार्टम हुन सकको छैन ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #मुगु हत्या प्रकरणमा एक जना प्रहरीको नियन्त्रणमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्