प्रेममा परेर आफ्नै बच्चा खोलामा फाल्ने आमा पक्राउ
मोरङ उर्लाबारी नगरपालिका–६ स्थित नवनिर्मित बसपार्क छेउनजिकै मावाखोलाको किनार काँसघारीमा फालिएको अवस्थामा शिशु फेला परेको छ ।
बेबारिसे अवस्थामा भेटिएको बच्चाको आमा को हुन् भनेर खोजतलास गर्दै जाने क्रममा इलामकीअमृत तामाङको घरमा बस्दै आएकी ३० वर्षीया माया राई रहेको मोरङका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।
नोबेल अस्पतालमा उपचारको क्रममा नवजात शिशुको चैत २८ गते उपचारका क्रममा मृत्यु भएपछि लगत्तै शिशुकी आमा माया राई अस्पताल परिसरबाट भागेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मायाले २०७५ असारमा काठमाडौँमा भेट भएका एक व्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
केही समय उर्लाबारीमा प्रेमीसँग बस्दै आएकी माया गर्भवती भएको थाहा पाएपछि छाडेर भागेको बताइएको छ । पक्राउ परेकी मायालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्