Techie IT
बिहीबार, असार ५,२०८२

हनुमानढोकामा फूलपाती भित्र्याइयो, टुँडिखेलमा बढाइँ


४ कात्तिक, काठमाडौं । हनुमान ढोकास्थित दशैं घरमा हर्ष बढाइँका साथ फूलपाती भित्र्याइएको छ । कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो ।

गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित दशैं घरमा भित्र्याइएको हो । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हर्ष बढाइँ गरिएको थियो
।फूलपातीको अवसरमा नेपाली सेनाले शनिबार नै सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा फूलपाती बढाइँ गरेको थियो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए


क्याटेगोरी : bannernews, ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:06 am7:03 pm +0545