वृद्ध दम्पतीको ६ लाख ३८ हजार रकम लुटेर फरार भएको आरोपमा युवक पक्राउ

२ कात्तिक, जनकपुरधाम । महोत्तरीमा वृद्ध दम्पतीबाट ६ लाख ३६ हजार रुपैयाँ लुटेर फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको मंलगवा नगरपालिका ५ भाडषरका २९ वर्षीय रमेश सहनी रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
उनकाा अनुसार गत असोज ७ गते दिउँसो गौशालाको एनआइसी एसिया बैंकबाट गौशाला नगरपालिका ११ भरतपुर टोल बस्ने शम्भु महतो र उनकी श्रीमती सुर्जकला देवी छोरीले पठाएको ६ लाख ३६ हजार रकम झिकेर घरतर्फ जाँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ लुटिएको थियो । छोरी पुनिता देवी महतोले ओखलढुंगाबाट आमा सुजर्कला देवीको खातामा सो रकम पठाएकी थिइन् ।
दुवैजना पैसा निकालेर घर फर्किरहेको बेला दिउँसो २ बजे गौशालाकै हाइस्कुल नजिकबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका एक युवकले रकम भएको झोला खोसेर फरार भएका थिए । सीसीटीभी फुटेजको आधारमा अनुसन्धान तथा खोजतलास गर्दा रमेश सहनीले सो रकम लुटपाट गरी भागेको खुलेको डिएसपी गिरीले बताए
सहनीलाई बुधबार दिउँसो इलाका प्रहरी कार्यालय गौशालाको टोलिले गौशाला नगरपालिका ७ र सर्लाही हरिपुर्वा नगरपालिका ७ को सिमानाबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्