गौरका एक युवकको बिहारमा गोली हानी हत्या

रौतहट : रौतहटस्थित गौरका एक युवकको भारतको बिहारको रामगढवा बजारमा गोली हानेर हत्या भएको छ । भारतको रक्सौलबाट करिब १३ किलोमिटर मोतीहारी जाने मुलसडकको रामगढवामा मंगलबार गौरनगरपालिका-९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो
रामगढवा बजारस्थित शिवशक्ति राइस एन्ड फ्लोर मिलमा हिसाब किताबको काम गर्दै आएका सिंहलाई पैसा लुट्ने उद्देश्यले गोली हानी हत्या गरिएको अनुमान प्रहरीको छ ।
भारतको मुजफ्फरपुरबाट मिलको रकम संकलन गरी फर्किरहेका सिंहलाई मिल नजिकै अज्ञात समूहले गोली हानेका थिए ।
गोली सिंहको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको मृतकका नातेदार गौर नगरपालिका- ९ का वडाध्यक्ष अर्जुन सिंहले बताए। उनको साथमा रहेको २९ लाख भारतीय रुपैयाँ उक्त समूहले लुटेको छ।
लुटेरा समूहले प्रयोग गरेको बिआर २९ जी ७८५१ नम्बरको बोलेरो जीप प्रहरीले घटनास्थलबाट बरामद गरेको र थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।
रौतहटका प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीले घटनाको पुष्टि गरेका छन् । मृतकको शव मंगलबार साँझ परिवारलाई जिम्मा लगाइएको र भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्