नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।
आज दुई सय ८९ कम्पनीको ३८ लाख १३ हजार दुई सय ३३ कित्ता शेयर ४५ हजार चार सय ५६ पटक किनबेच हुँदा रू एक अर्ब ८४ लाख ३७ हजार आठ सय ६० बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव २७, निर्जीवन बीमा समूह शून्य दशमलव ५३ र व्यापार समूह एक दशमलव २५ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक एक दशमलव ३० र बैङ्किङ समूहको उपसूचक एक दशमलव १० प्रतिशतले बढेको छ ।
आज एनआइबिएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ३५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने ह्याथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आठ दशमलव ५३ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको रू चार करोड ६२ लाख ६९ हजार दुई सय ४८ बराबरको एक लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर किनबेच भएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot, #नेप्से
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्