उपसमितिको कार्यावधि कात्तिक २० गतेसम्म थप गर्ने समितिको निर्णय
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धन, विद्यार्थी भर्ना र गुणस्तरका सम्बन्धमा गठित उपसमितिको कार्यावधि आगामी कात्तिक २० गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।
उपसमितिका संयोजक देवेन्द्र पौडेलको आग्रहमा समितिका सभापति भानुभक्त जोशीले आज बसेको बैठकमा गर्नुभएको समय थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीचको विवाद समितिसम्म आइपुगेपछि थप अध्ययनका लागि गत भदौ २५ गते बसेको समितिको बैठकले देवेन्द्र पौडेलको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
बैठकमा सांसदहरुले विद्यालय शिक्षा विधेयक लगायतका विधेयकमाथि समितिले दफावार छलफल गर्नुपर्ने कार्यतालिका बनाउन सुझाव दिनुभयो ।
बैठकले एमबिबिएस अध्ययनरत एवं आन्दोलनरत विद्यार्थीको मौका परीक्षा र शुल्क फिर्तासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गर्ने र यसका लागि सुमना श्रेष्ठको संयोजकत्वमा विद्या भट्टराई र ज्ञानु बस्नेत सुवेदीलाई अध्ययन गर्ने जिम्मेवारी दिएको छ ।
क्याटेगोरी : tags, समाचार
ट्याग : ##Bearking, #उपसमितिको कार्यावधि
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्