खांदबारी रनको उपाधी आर्मीलाई (तस्बिरहरु)

खांदबारी। संखुवासभाको स्थानिय क्लब खाँदबारी युथ क्लबले पर्यटन प्रवर्धनका लागि आयोजना गरेको खाँदबारी रन खुल्ला दौडको उपाधी आर्मीका सूर्य बहादुर रोकायाले जितेका छन् ।
१ सय ४९ जना धावकलाई हराउँदै रोकाया पहिलो भएका हुन् । सदरमुकाम खाँदबारीमा आईतबार भएको प्रतियोगितामा आर्मीका नवीन खड्का उपविजेता बने ।
आर्मीकै सुजन विश्वकर्मा तेश्रो भए । त्यस्तै खुल्ला तर्फ प्रसान राई पहिलो, मेघराज राई दोश्रो र स्काई फियाक तेश्रो भए । खुल्ला महिला तर्फ सुनकला राई पहिलो, निला जिमी दोश्रो र निलम विष्ट तेश्रो भएको क्लवका महासचिव सुरेन शाक्यले बताउनुभयो ।
प्रतियोगितामा बिभागीय पुरुष, खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि २ सय ९५ जना सहभागी भएका थिए । बिभागीयमा सहभागीले १० किलोमिटर दुरी पार गरेका थिए । पुरुष र महिला खुल्लाका धावकले ६ किलोमिटर दुरी पार गरेका थिए ।
हरेक विधाका विजेताले सात हजार, उपविजेताले ५ हजार पुरस्कार पाएका छन् । क्लबले दशैको अवशरमा पर्यटन प्रवर्दन गर्न खाँदबारी रन आयोजना गरेको हो ।
क्याटेगोरी : खेलकुद, फोटो फिचर, समाचार, खेलकुद
ट्याग : #खांदबारी युथ क्लब, #खांदबारी रन, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्