प्रधानमन्त्री दाहालद्वारा भरतपुरका तीनवटा खानेपानी आयोजनाको समुद्घाटन

चितवन । चितवनको भरतपुरमा निर्माण भएका तीन वटा खानेपानी आयोजनाको आज (आइतबार) एकसाथ समुद्घाटन गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शारदानगर खानेपानी तथा सरसफाइ आयोजना, दिव्यनगर खानेपानी आयोजना र जखडीमाई सहलगानी खानेपानी आयोजनाको एक साथ समुद्घाटन गर्नुभएको हो ।
समुघाटनपछि बोल्दै प्रधानमन्त्री दाहालले यस खानेपानी आयोजनाले यहाँको जनताले स्वच्छ र गुणस्तरीय खानेपानी पिउने वातावरण बनेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले महसुल घटाउने विषयमा आफूले सक्दो सहयोग गर्ने
सो क्रममा बोल्दै खानेपानी मन्त्री महिन्द्र राय यादवले यस खानेपानी आयोजना समयमै सम्पन्न गराउन योगदान दिने सबैमा धन्यवाद दिनुभयो । उहाँले भरतपुरमा खानेपानीको समस्या समाधान गर्न केन्द्र सरकार आफ्नो तर्फबाट लागि परेको बताउनु भयो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आगामी दुई वर्षभित्रमा भरतपुरमा शतप्रतिशत खानेपानीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले उद्घाटन गरेको तीन आयोजनाबाट भरतपुरबासी खानेपानीको समस्याबाट मुक्त भएको बताउनु भयो । तीन वटा खानेपानी आयोजनाबाट ८ हजार ७८७ घरधुरी लाभान्वित भएका छन् ।
समुद्घाटन कार्यक्रम शारदानगर जागृति सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकी अध्यक्ष सन्तमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्याटेगोरी : bannernews, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्