सशस्त्र प्रहरी बलले चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलले चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्ने भएको छ ।
यस योजना अन्तरगत सशस्त्र बलका २९ हजार १ सय ५४ जना प्रहरी परिचालित गरिने छ । सशस्त्र प्रहरीले आज प्रेस विज्ञप्ति जारी गर्दै तत्कालै खट्ने गरी करीव २ हजार ९ सय २९ जनालाई तयारी हालतमा राखिएको जनाएको छ ।
करीब ७५ प्रतिशत जनशक्ति फिल्डमा खटिने र विशेषगरी सीमावर्ती ईलाका तथा नागरिकको सेवा, सुरक्षा र उद्धारमा सुरक्षा योजना केन्द्रीत रहेको पनि सशस्त्र प्रहरी बलले जनाएको छ ।
सीमा क्षेत्रमा छिमेकी देशका सुरक्षाकर्मीसंगको समन्वयमा १ सय २५ स्थानमा नागरिक सहायता कक्ष र ३३ स्थानमा नागरिक स्वास्थ्य सहायता कक्ष स्थापना गरेको पनि जनाइएको छ । पूर्वी नाका काँकडभिट्टाको मेची पुल ईलाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचा गर्नसक्ने तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको पनि सशस्त्रले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #सशस्त्र प्रहरी बल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्