इजरायलको जोखिम क्षेत्रबाट हालसम्म ५५ जना नेपालीको उद्वार
काठमाडौं, २३ असोज । युद्वग्रस्त इजरायलको जोखिम क्षेत्रबाट हालसम्म ५५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरूलाई खतरा बाहिरको क्षेत्रमा राखिएको छ ।
विभिन्न स्थानका बंकरमा रहेका उनीहरूलाई इजरायली सेनाले उद्वार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । उद्वार गरिएकामा अधिकांश विद्यार्थी रहेका छन् ।
पाँचजना भने अझै पनि युद्वग्रस्त क्षेत्रमै बंकरमै रहेका बताइएको छ । उनीहरूको उद्वार प्रयास भइरहेको दूतावासले जानकारी दिएको छ ।
हमासको आक्रमण परी १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भइसकेको छ। यस्तै चारजना घाइते भएका छन् भने एकजना बेपत्ता छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #इजरायल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्