काठमाडौंमा डेंगुका बिरामी बढ्दै
काठमाडौं । मनसुन रोकीएसँगै काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढ्दै गएका छन् ।
उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या बढ्दै गएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामीको भिड लाग्ने गरेको छ । अन्य अस्पताल र प्रयोगशालामासमेत डेंगु संक्रमण पुष्टि भएपछि टेकु आकस्मिक कक्षमा भर्ना हुने चाप बढ्दै गएको हो ।
अस्पतालको ओपीडीमा दैनिक ३०–४० जना डेंगुसँग मिल्ने लक्षण भएका बिरामी आउने गरेका छन् । परिक्षण गर्न आउने अधिकांशलाई डेंगु पुष्टि हुने गरेको बताइएको छ । पाटन अस्पतालमा एक सातायता ४५ जना डेंगुका बिरामी भर्ना भएको अस्पतालले जनाएको छ ।
डेंगुका बिरामीका कारण अस्पतालमा बेड भरिंदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा पनि पछिल्ला दिनमाम ओपीडीमा आउने बिरामीसँगै भर्ना हुने संख्या बढिरहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्