इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारलाई नेपाली कांग्रेस आग्रह

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ ।
सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।
इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा र तत्काल सुरक्षित स्थानमा पुर्याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउन नेपाल सरकारले अविलम्ब कुटनीतिक पहल गर्न कांग्रेस माग गर्दछ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कांग्रेसले इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्वद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह समेत गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्