प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा बेलायत प्रस्थान गरेका छन्। संयुक्त अधिराज्य बेलायतका प्रधानसेनापति Sir Patrick Sanders को निमन्त्रणमा ६ दिने भ्रमणका लागि प्रधानसेनापति शर्मा आज बेलायत गएका हुन्।
प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत सरोज प्रताप राणाले विदाइ गरेका थिए। प्रधानसेनापति शर्माको भ्रमण दलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल र प्रधानसेनापतिका स्टाफ अधिकृत बेलायत सहभागी छन्।
भ्रमणका क्रममा प्रधानसेनापति शर्माले बेलायती समकक्षी Sir Patrick Sandersसँग शिष्टाचार भेटघाटको कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
बेलायतमा रहँदा शर्माले रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डरहरूसँग भेटघाट गर्नेछन्। प्रधानसेनापति शर्मा Cambrian Patrolमा सहभागी नेपाली सेनाको टोलीसँग भेटघाट हुने कार्यक्रम तय भएको छ।
प्रधानसेनापतिको अनुपस्थितमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ।
प्रधानसेनापति शर्मा २७ गते स्वदेश फर्कने कार्यक्रम छ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्