Techie IT
मंगलबार, माघ २९,२०८१

महरालाई सुरक्षा दिन सरकारलाई संसदीय समितिको निर्देशन


काठमाडौं, १५ जेठ- प्रसिद्ध व्यापारिक केन्द्र काठमाडौं मलको भाडा घोटाला छानविन गर्न माग गर्ने द काठमाडौं व्यवसायी संघकी अध्यक्ष शुषमा महरालाई सुरक्षा प्रबन्ध गर्न सरकारलाई निर्देशन दिइएको छ ।

संसदको लेखा समितिले सञ्चय कोषको स्वामित्वमा रहेको उक्त मलको घोटलाका सम्बन्धमा उनीहरुले उजुरी गर्दा आक्रमण भएको भन्दै सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएको हो । संसद सचिवालयले गृह मन्त्रालयलाई पत्र लेखेर अध्यक्ष महरा र उनको परिवारलाई सुरक्षा प्रवन्ध मिलाउन भनेको छ । जेठ ५ गते बसेको समितिको बैठकले अध्यक्ष महरा र परिवारलाई सुरक्षा प्रबन्ध गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।

समितिले काठमाडौं मलका व्यापारीहरुलाई अन्याय भएको र विचौलियाले करोडौं हिनामिना गरेको भन्दै छानविनका लागि उजुरी परेको जनाएको छ । व्यवसायीबाट उठाएर विचमै खानेदेखि कोषलाई भाडा समेत नबुझाएर अपचलन गरेको भन्दै लेखा समितिमा केही समयअघि उजुरी परेको थियो । उक्त उजुरीमाथि छानविन चलिरहेको समिति सचिवालयले जनाएको छ ।

उजुरीपछि मलमै अध्यक्ष महरा र उनको श्रीमान् कर्पोरेटका प्रधान सम्पादक उज्वलजंग शाहमाथि आक्रमण भएको थियो । शाह करिब हप्ता दिन नर्भिक अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका थिए । सुषमा महराले घोटलाको विषय उठाएपछि विचौलियाले महराको विषयमा भ्रम फैलाई अनुसन्धानलाई प्रभावित पार्न खोजिरहेको र घोटलाको विषय उठाएकोमा आफू माथि आक्रमण भएको महराले बताउदै आएकी छिन ।


क्याटेगोरी : समाचार
ट्याग : #महरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Clear
6:42 am5:53 pm +0545