सर्वोच्चद्वारा ‘गुन्डा नाइके’ रिगललाई माफी दिनुको कारण माग

काठमाडौं । सर्वोच्च अदालतले नेपालगन्जका ‘गुन्डा नाइके’ रिगल भनिने योगराज ढकाललाई माफी दिनुको कारण माग गरेको छ । भारती मानन्धरको रिटमाथि सुनुवाइ गर्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं गृह मन्त्रालयलाई माफी दिनुको कारणसहित ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अग्राधिकारसहित असोज २५ गतेका लागि पेसीसमेत तोकेको छ । संविधान दिवसका दिन बाँकेका ‘गुन्डा नाइके’ रिगललाई कैद मिनाह गरेको भन्दै पीडित चेतन मानन्धरकी श्रीमती भारतीले सर्वोच्चमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं गृह मन्त्रालयविरुद्ध रिट दायर गरेकी थिइन् ।
साथै शर्माको इजलासले पीडित परिवारको सुरक्षा व्यवस्था गर्नसमेत आदेश दिएको छ ।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई सजाय माफी दिएका थिए । हत्यारालाई राष्ट्रपतिले माफी दिनु संविधानविपरीत भन्दै भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
रिगलले २०७२ असार २८ गते चेतनलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटेलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #सर्वोच्च अदालत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्