मधेशमा सुरक्षा चूनौति बढेपछि गृहमन्त्री श्रेष्ठ बर्दिवासमा, सुरक्षा निकायका प्रमुखहरुसहित गम्भीर छलफल

काठमाडौं, १७ असोज । मधेश प्रदेशका विभिन्न जिल्लामा धार्मिक समूदायबीचको झडपले उग्र रुप लिन थालेपछि केन्द्रीय सरकारको ध्यानाकार्षण भएको छ । संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशमा बढेको सुरक्षा चूनौतिलाई ध्यानमा राखेर आज (बुधबार) बर्दिवासमा सुरक्षा निकायका प्रमुखहरुसहितको विशेष बैठक बोलाएका छन् ।
उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएअनुसार गृहमन्त्री श्रेष्ठले मधेश प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे सीडीओ र सबै सुरक्षा निकायका जिल्ला र प्रदेश प्रमुखहरूसँग ब्रिफिङ लिइरहेका छन् । यसअघि जनकपुर र सर्लाहीमा धार्मिक समूदायबीच झडप भएको समाचार आएका थिए । सर्लाहीमा त प्रशासनले कफ्र्यु जारी जारी गरेको थियो ।
बैठकमा गृहमन्त्रालयका सचिव दिनेश भट्टराई, प्रवक्ता नारायणप्रसाद भट्टराई, नेपाल प्रहरीका आईजिपी वसन्त बहादुर कुँवर र सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेना मधेस प्रदेश प्रमुखलगायतका बैठकमा सहभागी छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #नारायणकाजी श्रेष्ठ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्