वैशाख दोस्रो हप्तादेखि कक्षा १२ को परीक्षा

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन हुने भएको छ। मंगलबार राष्ट्रिय परीक्षा बोर्डले वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो।
परीक्षाफल २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ। परीक्षाफल प्रकाशन भएको ४५ दिनभित्रमा पूरक परीक्षा हुनेछ।
कक्षा ११ को परीक्षा २०८१ को जेठ पहिलो हप्तामा गर्नुपर्ने बोर्डले जनाएको छ। कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गते खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ।
कक्षा १२ का लागि भने परीक्षा फाराम पुस १ गते खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाउनुपर्ने बोर्डले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रिय परीक्षा बोर्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्