Techie IT
शुक्रबार, असार ६,२०८२

एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी


काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अन्य पदाधिकारीमा पनि खतिवडा समुहकै निर्वाचित भएका छन् ।

राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडाले ५ सय १२ मत पाउँदा उहाँका प्रतिस्पर्धी विनोद ढकालले ४ सय ३० मत ल्याउनुभयो भने ३५ मत बदर भएको छ ।

खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद्समेत हुनुहुन्छ । सचिवमा पाँचथरका राजकुमार भण्डारी तथा उपसचिवमा खोटाङका देवान राई र झापाकी जलवर्षा राजवशी विजयी हुनुभएको छ ।

उपाध्यक्षमा धनकुटाका टीकराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545