माल्टाबाट पोर्चुगल जान खोज्ने ८ नेपालीहरु पक्राउ

माल्टा । माल्टामा ८ जना नेपालीहरु पक्राउ परेका छन् । माल्टाबाट पोर्चुगल जाने क्रममा माल्टाको एयरपोर्टबाट नेपालीहरु पक्राउ परेका एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले बताए । उनका अनुसार पक्राउ परेका नेपालीलाई छुटाउन पहल भैरहेको जानकारी दिएका छन् ।
आइडी कार्ड (टीआर) नविकरण नभएका, टिआरनै खारेज भएका, टिआर नपाएकाहरु पक्राउ परेका हुन् । रोजगारीका लागि माल्टा आएपनि भविष्य नदेखेर पोर्चुगल जानेको संख्या बढ्दै गरेको छ । माल्टाको अध्यागमन विभागले पक्राउ परेका नेपालीलाई सोधपुछका लागी हाल माल्टाको हालसाफि डिटेन्सन सेल्टरमा नियन्त्रणमा राखेको छ । ९ जनामध्ये ५ जना पुरुष र ३ जना महिला रहेका छन् ।
१ जना महिला भने, आफन्तको पहलमा छुटेका एनआरएनए माल्टाका अध्यक्ष खनालले जनाए । माल्टा आएर काम नगरि अन्य मुलुकतर्फ जान खोज्नेहरुलाई माल्टा प्रहरीले कडा निगरानी गर्दै पक्राउ गर्ने अभियाननै चलाएको छ । रोजगारीको राम्रो गन्तव्य मान्दै नेपालीहरु माल्टा आउने क्रम बढेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #माल्टा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्