दोलखामा चार केजी सुनसहित तीन जना पक्राउ

दोलखा। दोलखा प्रहरीले बुधवार राति चार केजी सुन सहित तीन जनालाई पक्राउ गरेको छ । दोलखाको विगु गाउँपालिका स्थित जामुनेबाट चार केजी सुनसहित तीन जनालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।
उक्त सुन लप्ची नाकाबाट भित्रिएको आशंका गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । पक्राउ परेको तीन जनामध्य दुई जनाले सुन बोकेको र एक जनाको संलग्नता रहे नरहेको बारे अनुसन्धान भै रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । पक्राउ परेका तीनै जना विगु १ लामाबगर क्षेत्रको रहेको प्रहरीले जनाएको छ ।चीन सरकारले आईतवारमात्र तिब्बतसंग जोडिएको दोलखाको दुईवटा नाका खुला गरेको थियो ।
सुन भित्रदै गरेको सुराकी पाएपछि प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का बुधवार राति आफै सिंगटी पुग्नु भएको थियो । एक÷एक केजीको चार पिस सुनसहित तीन जनालाई सिंगटी प्रहरीले बुधवार रातिनै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।
पक्राउ गरिएको सुन सिंगटीका स्थानीय सुन व्यवसायीलाई परिक्षण गराइएको र थप परिक्षण सदरमुकाम चरिकोटमा समेत गरिने प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । सुन तस्करीमा थप व्यक्ति संलग्न हुनसक्ने भएकोले उनीहरुकोसमेत खोजी भई रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #सुनसहित तीन जना पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्