बुधबार पनि राहत शिक्षकहरू आन्दोलन

काठमाडौं : सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरूले निरन्तर आन्दोलन गरेका छन्। सरकारले शिक्षक महासंघसँग गरेको सहमतिमा आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै राहत शिक्षकहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको हुन्।
नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति, पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन र सामुदायिक विद्यालय कर्मचारी संघ संयुक्त रुपमा आन्दोलन गर्दै आफ्ना मागका बारेमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन्।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरूको भनाइ छ। बुधबार काठमाडौंको बिजुलीबजारको सडकबीच मै धर्नामा बसेका राहत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा केहिबेर प्रहरीसंग घम्साघम्सी समेत भएको थियो। आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूले जनाएका छन्।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्