प्रधानमन्त्री दाहाल बेइजिङबाट चोङछिङमा, राजनीतिक भेटघाट र कृषि क्षेत्रको अवलोकनमा व्यस्त

प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणको क्रममा बेइजिङबाट चोङछिङ नगर पुग्नुभएको छ । उहाँसँग चिनियाँ कम्युनिष्ट पार्टीको उक्त नगर कमिटीका सचिव तथा केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य युआन जियाजुनले शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा प्रधानमन्त्री नेतृत्वको नेपाली टोली र चिनियाँ प्रतिनिधिमण्डलको उपस्थिति रहेको बताइएको छ ।
हिजो चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग भएको भेटवार्ता र द्विपक्षीय छलफलपछि आज बिहान संयुक्त वक्तव्य जारी गरिएको छ । उहाँ कृषिसम्बन्धी एकेडेमीको अवलोकन गर्न चोङछिङ जानुभएको हो । कृषिको व्यावसायीकरण र औद्योगीकरणबारे जानकारी लिन जानुभएका प्रधानमन्त्रीले त्यहाँको खेत र कृषिको समेत अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री दाहाल र उहाँको टोलीको सम्मानमा चोङछिङका सचिव जियाजुनले रात्रिभोजको आयोजना गर्नुभएको छ । उहाँ भोलि ल्हासा जाने त्यसको भोलिपल्ट कैलाश पर्वत घुमेर आगामी शनिबार छन्तु हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।
ल्हासामा रहँदा त्यहाँ पनि चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय नेताहरुसँग भेटघाट हुने बताइएको छ ।
उहाँ गत शनिबार अमेरिकाको न्युयोर्कबाट सोझै हाङ्चौ पुग्नुभएको हो । सोही दिन राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेट गरेपछि राति १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्