जीवनशैली जाडोमा बदाम खानुका फाइदा

जाडो मौसममा पाइने विभिन्न खानेकुरामध्ये बदाम पनि एक हो । पौष्टिक तत्वयुक्त बदाम खाँदा हुने फाईदा यस्ता छन्ः
तौल नियन्त्रण गर्छः बदाम खाँदा पेट छिटो डुम्म हुने भएकोले भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन धेरै खाने इच्छा नहँुदा मोटा मानिसको तौल घट्ने सम्भावना हुन्छ । मोटा मानिसहरुले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन् ।
क्यान्सर हुनबाट जोगाउँछ : बदाममा ‘फाईटोस्टेरोल’ नाम गरेको तत्व हुन्छ । फाइटोस्टेरोलले आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ । कोलेस्टोरल तह नियन्त्रण गर्छः बदाममा हुने असंतृप्त फ्याटी एसिडको प्रचुरताका कारण बदामले शरिरमा सन्तुलित कोलेस्टरल तह कायम गर्न सहयोग गरी विभिन्न प्रकारका रोगको जोखिमबाट बचाउँछ । डायबिटिजबाट जोगाउँछः म्याग्नेसियमका कारण बदाम शरिरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्न फाइदाजनक मानिन्छ र डायबिटिजको समस्याबाट जोगाउँछ ।
कपाल सुन्दर बनाउँछः बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्वहरु हुन्छन् । तीमध्येको एउटा तत्व ‘लार्जिनाईन’ हो, जसले कपाल बृद्धि गर्न सहयोग गर्छ । लार्जिनाईनले कपाल झर्नबाट जोगाउँछ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्