‘राष्ट्रिय कार्यभारलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गरिरहेको छ: गृहमन्त्री श्रेष्ठ
विराटनगर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय कार्यभारलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ ।
विराटनगरमा आज राजनीति दल, उद्योगी, व्यवसाय तथापि नागरिक समाजसँगको छलफल कार्यक्रममा उहाँले सुशासन, भ्रष्टाचारको अन्त्य ,संविधानको कार्यान्वयन र राजनीतिक स्थायित्व कायम गर्न सरकार अघि बढिरहेको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले देशको एकता, राष्ट्रिय अखण्डता र सार्वभौमसतालाई कुनै पनि अवस्थामा असर पर्न नदिने बताउनुभयो । उहाँले कोशी प्रदेशमा देखिएको समस्या समाधान गर्न सबै दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएकाले दलहरूबिचको आन्तरिक एकताबाटै मुलुकले निकास पाउने बताउनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #नारायणकाजी श्रेष्ठ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्