प्रधानमन्त्री दाहालद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

काठमाडौं, ८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको बेइजिङस्थित तियानमेनमा रहेको राष्ट्रिय स्मारकको अवलोकन तथा स्मारकमा पुष्पगुच्छा अर्पण गरेका छन् ।
यो स्मारक क्रान्तिकारी जननायकहरूको स्मरणमा निर्माण गरीएको हो । १९औं र २० औं शताब्दीमा क्रान्तिकारी संघर्षका क्रममा शहीद बनेका योद्धाहरूको स्मृति स्वरुप चीनको राष्ट्रिय स्मारकको रूपमा यो निर्माण गरिएको हो।
यो बेइजिङको तियानमेन स्क्वायरको दक्षिणी भागमा माओ त्सेतुङको समाधिको अगाडि अवस्थित छ।
स्मारक नोभेम्बर ३०, १९४९ मा पारित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण सत्रको प्रस्ताव अनुसार निर्माण गरिएको थियो, जसको निर्माण अगस्ट १९५२ देखि मे १९५८ सम्म चलेको थियो।
स्मारकका वास्तुकार लियाङ सिचेङ थिए।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्