Techie IT
सोमबार, वैशाख २२,२०८२

दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना घाइते


दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ । दुई जना सिकिस्त घाइते भएका छन् ।

शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराका ३८ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा सोही स्थानकी ४३ वर्षीया रिता लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए ।

आफ्नै घर अगाडि उभिरहेको अवस्थामा अन्धाधुन्ध खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट सोही ठाउँका ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय वृद्धा कमलाकुमारी हमाल सिकिस्त घाइते भएका छन् ।

घाइते दुवै जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेकबहादुर हमाललाई निजकैको घरभित्र लुकेर बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #खुकुरी प्रहार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545