शिक्षकहरूले उठाएका जायज मागप्रति कांग्रेस नेता खड्काको ऐक्यबद्धता

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस संखुवासभाका जिल्ला सभापति दीपक खड्काले शिक्षकहरूले उठाएका जायज मागप्रति ऐक्यबद्धता जनाउनुभएको छ।
उहाँले शान्तिपूर्ण रुपमा वार्ताको माध्यमबाट शिक्षक तथा कर्मचारीका मागहरू सम्बोधन गर्नका लागि सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्नुभएको छ।
प्रेस बिज्ञप्ति

खड्काले आज विज्ञप्ति जारी गरी देशैभरका विद्यालय बन्द गरी शिक्षकहरू आन्दोलनमा उत्रिएकाले ५४ लाख बालबालिकाको शैक्षिक भविष्य प्रभावित भएको भन्दै यथाशीघ्र समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
उहाँले विद्यालय पवित्र मन्दिर भएको र जहाँबाट भविष्यमा मुलुक सञ्चालन गर्ने दक्ष जनशक्ति उत्पादनको प्रारम्भ हुने भएकाले विद्यालय जस्तो संवेदनशील क्षेत्र आन्दोलित हुनुपर्ने परिस्थिति कसरी सृजना भयो भनी प्रश्न गर्नुभएको छ ।
शिक्षकहरूको आन्दोलन यो स्वरूपसम्म आइपुग्दा पनि सरकारको ध्यान किन जान सकेन भन्दै आम सरोकारका विषयमा संवेदनशील हुन सरकारलाई आग्रह गर्नुभएको छ।
कांग्रेस नेता खड्काले शिक्षकहरूले उठाएका जायज मागप्रति ऐक्यबद्धता जनाउँदै मागहरू सम्बोधन गरी यथाशीघ्र विद्यालय सञ्चालन गर्न विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउनुभएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot, #काठमाडौँं महानगरपालिका, #दिपक खड्का, #नेपाली कांग्रेस, #शिक्षक आन्दोलन, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्