सर्लाही सदरमुकाम मलङ्गवामा निषेधाज्ञा जारी

सर्लाही । दुई समुदायबीच झडप हुने सम्भावना बढेपछि स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु लगाएको छ ।
बिहीबार साँझ गणेशको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा मलङ्गवा अशान्त बनेको थियो । झडप रोक्न प्रहरीले केही राउन्ड हवाई फायर खोले पनि स्थिति नियन्त्रण भन्दा बाहिर जानथालेपछि कर्फ्यु लगाइएको हो ।
बिहीबार राति १० बजेदेखि अनिश्चित कालसम्मका लागि साबिकको मलङ्गवा क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुंगामुढालगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुन जान सक्ने स्थिति देखिएकाले पुरानो मलङ्गवा नगर क्षेत्रभित्र कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
यसअघि पनि मलङ्गवामा कृष्ण अष्टमीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले एक दिन कर्फ्यु र ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सर्लाही
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्