डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार : तीन जना पक्राउ, एक फरार

डडेल्धुरा । डडेल्धुरामा एक २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका(३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड रहेका छन् । अर्का १८ वर्षीय किशोर भने फरार छन्।
कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख(५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ। त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगेर जबरजस्ती करणी गरेको उनीहरुमाथि उजुरी परेको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न मुख्य किशोर भने फरार छन् । फरार किशोरको प्रहरीले तीव्र खोजी गरिरहेको जनाएको छ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #सामूहिक बलात्कार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्