शिक्षकलाई मेयर बालेन्द्र शाहको चेतावनी- पढाइमा अवरोध पुर्याउनेलाई कारबाही हुन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शिक्षा विधेयकमा आफ्नो असहमति भए पनि पढाइमा अवरोध नपुर्याउन शिक्षकहरुलाई चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत मेयर शाहले पठनपाठनमा अवरोध पुर्याए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउनु होला । यस्ता अवरोध पुर्याउनेहरुलाई कानुन (संविधान) अनुसार कारबाही हुनेछ ।’
उनले काठमाडौंको शिक्षा नीति र जुम्लाको शिक्षा नीति फरक हुने पनि जनाएका छन् । ‘शिक्षा विधेयकमा हाम्रो नि असहमति छ । लगभग दुई लाख ५० हजार हजार विद्यार्थी तथा १०,००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ,’ उनले भनेका छन्, ‘आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौंको शिक्षा को नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्, छन् ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेन्द्र शाह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्