Techie IT
सोमबार, वैशाख २२,२०८२

वीरगन्जबाट चार किलो चाँदीका गरगहनासहित एकजना पक्राउ


बारा । जिल्ला प्रहरी कार्यालय बाराले चार किलो चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगन्जबाट कलैयातर्फ लुकाई छिपाई मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा चार किलो चाँदीका गरगहनासहित वीरगन्ज महानगरपालिका(३ का राजेश साह सोनार पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा गएराति गण्डक चोकमा चेकजाँच गर्ने क्रममा ना १६ प ४०१६ नम्बरको मोटरसाइकलमा चाँदीका गरगहनासहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दुधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका साहलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Partly Cloudy
5:19 am6:41 pm +0545