सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलको सेवा प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भरमा समस्या आउँदा दुई घण्टा सेवा प्रभावित भएको छ । सर्भरले काम गर्न नसक्दा उडानका लागि पुगेका यात्रुले सास्ती बेहोर्नुपर्यो ।
अध्यागमन विभागका निर्देशक खिमराज भुसालले राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट उपलब्ध हुने सर्भरमा समस्या आएको हो । कम्प्युटरले काम गर्न नसकेपछि कागजी विवरणकै आधारमा यात्रुलाई पठाइएको विभागले जनाएको छ ।
अध्यागमनका कर्मचारीले हातले लेखेर भिसासम्बन्धी सेवा दिएका थिए । १०स्३० बजे बिग्रिएको सर्भरले १२स्३० बजेसम्म काम गरेको थिएन । कसैको उडान नछुटेको तर केही ढिलाइ भएको विभागले जनाएको छ । सर्भर बिग्रिएपछि विदेश जाने र फर्किने यात्रुको राहदानीमा छाप लगाउने, भिसा दिने, जरिवानालगायत राहदानीसँग सम्बन्धित काममा ढिलाइ भएको थियो ।
उता राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक प्रदीप शर्मा पौडेलले केन्द्रको सर्भरबाट नभई विभागकै प्राविधिक समस्या भएको दाबी गरे । विमानस्थलको यसअघि पनि सर्भरमा समस्या आउँदा सेवा प्रभावित भएको थियो । सर्भरमा समस्या दोहोरिने गरे पनि समाधानका लागि सरकारले खासै प्रयास गरेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्