Techie IT
सोमबार, वैशाख २२,२०८२

जुवातास खेलिरहेको अवस्थामा तारकेश्वरबाट ७ जना पक्राउ


काठमाडौं, ३१ भदौ । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने ४९ वर्षीय मुरारी भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545