दिवंगत सुवास नेम्वाङका दुवैजना छोराहरू विदेशबाटआइपुगे
काठमाडौं, २७ भदौ । हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङका दुवैजना छोराहरू विदेशबाट आइपुगेका छन् ।
नेम्वाङका छेठा छोरा मिङ्सो र कान्छा छोरा सुहाङ नेपाल आइपुगेका हुन् । कान्छा छोरा अष्ट्रेलियाबाट हिजो र जेठा छोरा बेलायतबाट आज आइपुगेका हुन् ।
स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो परिवारसहित बेलायतमा बस्दै आएका छन् भने अन्यको विवाह भएको छैन । उनीहरू नेपालमै बस्छन् ।
कान्छा छोरा सुहाङ केही दिनअघि घुम्नका लागि अष्ट्रेलिया पुगेका थिए । छोराहरू आइपुगेकाले अब नेम्वाङको भोलि अन्तिम संस्कार गरिनेछ ।
अन्तिम संस्कारका दिन भोलि सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुवास नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्