नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने
काठमाडौं, २७ भदौ । नेकपा (एमाले)का दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज बुधबार दिउँसो घर लगिने भएको छ ।
हिजो मंगलबार दिनभर एमाले पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीरलाई आज दिउँसो १ बजे पछि घरमा लगिने भएको हो ।
आज बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि बालुवाटारस्थित घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोली बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने एमालेले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुवास नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्