Techie IT
सोमबार, वैशाख २२,२०८२

काठमाडौं-१६ का वडाध्यक्ष एवं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति रिजालको निधन, पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने


काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।

डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको निधन भएको पुष्टि कांग्रेस नेतृ सिर्जना सिंहले पनि गरेकी छन् ।

रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् ।

रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएसँगै उनले फोहोर व्यवस्थापनको विषयमा दिएको एक अभिव्यक्ति निकै चर्चामा आएको थियो ।

फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन शाहसँग उनको चर्काचर्की पनि परेको थियो ।

पछि मेयर शाह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए ।

सामाजिक सञ्जालमा समेत निकै सक्रिय रिजालले जनप्रतिनिधिहरुको तलब सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मुकुन्द रिजाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545