नेपाली खेलाडीलाई भारतीय खेलाडीले लगाइदिए मेडल

काठमाडौं, १९ भदौ । एसिया कप अन्तर्गत सोमबारको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भयो । तर भारत जस्तो शक्तिशाली टीमसँग नेपाली खेलाडीले गरेको प्रतिस्पर्धालाई लिएर चौतर्फी प्रशंसा भइरहेको छ ।
यसैबीच सोमबारको खेलपछि एउटा फरक दृश्य देखियो । जसमा भारतसँग पराजित भएको नेपाली टीमलाई भारतीय खेलाडीहरूले मेडल लगाइदिए ।
खेल सकिएपछि नेपाली प्रशिक्षक मोन्टी देसाईले खेलाडीहरुलाई भारतीय ड्रेसिङ रुममा लगे। जहाँ कप्तान रोहित शर्मा, विराट कोहली र प्रशिक्षक राहुल द्रविडहरु उपस्थित थिए।
भारतीय ड्रेसिङ रुममा प्रशिक्षक द्रविड, खेलाडीहरु विराट कोहली र हार्दिक पान्ड्यासहितले नेपाली खेलाडीलाई मेडल लगाइदिएका हुन् । नेपाली प्रशिक्षक देसाईले दुई देशका खेलाडीलाई घुलमिल गराउन भारतीय खेलाडीमार्फत नेपाली खेलाडीलाई मेडल लगाइदिएका हुन् ।
भारतविरुद्ध उत्कृष्ट खेलेका सोमपाल कामी, आशिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई भारतीय प्रशिक्षक र खेलाडीले मेडल लगाइदिएका छन्।
यो क्षणलाई क्यानले अविस्मरणीय भनेको छ। यहि क्रममा नेपाली खेलाडीहरू भारतीय चर्चित क्रिकेटरहरूसँग तस्वीर लिने, अटोग्राफ लिने मौका पाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एसिया कप
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्