एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको छ: महासचिव पोखरेल

काठमाडौं, १८ भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल आज बिहान चीनको मुख्य शहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ठ पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जबजको आलोकमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य सहित एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको बताए ।
महासचिव पोखरेलले नेपाली कम्युनिष्ट आन्दोलन विकासमा मुख्य तीन मोडहरू रहेका बताए । जसमा पुष्पलाल श्रेष्ठ९पार्टी स्थापना र संगठन० , मदन भण्डारी ९विचार० र केपी शर्मा ओली ९समृद्धि० रहेका छन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा समृद्व नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्दै समाजवादको आधार निर्माण गर्ने प्रतिवद्वता व्यक्त गरे । उनले नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्त्वपूर्ण रहेको पनि बताए ।
कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासको बारेमा प्रोफेसर सुन लिङ उले र प्रोफेसर सिउ लाईओईले नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद, सि विचारधारा विषयमा प्रस्तुती राखेका थिए ।
भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वाला कुमारी शाह, राम राना, टुका हमाल, सहदेब देवकोटा, रचना खड्का, निरज आचार्य, मन्जु गुरुङ, अजय कुमार गुप्ता, मानबिर राई लगायतका नेताहरू रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्