सत्ता साझेदार दलबीच खटपट छैन : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्र का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धनमा तत्काल कुनै समस्या नआउने बताएका छन् ।
शुक्रबार पेरिसडाँमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । केही दिनअघिको संसद् बैठकमा कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीले उठाएको विषयबारे सञ्चारकर्मीको जवाफमा सापकोटा भन्छन्, ‘ एउटा सांसदले उहाँलाई के लागेर त्यस्तो कुरा गर्नुभयो । राजनीतिमा कुन क्षण के हुन्छ भन्न सकिँदैन । मैले बुझेसम्म गठबन्धनमा कुनै समस्या आउँदैन । कांग्रेस र माओवादीका बीचमा त खटपट परेको छैन ।”
उनले गएको कांग्रेस केन्द्रीय समिति बैठकले दृढ रहने निर्णय गरेकोले पनि त्यस्तो नहुने सुनाए ।
त्यस्तै, उनले एमसीसीबारे पार्टी १२ बुँदे व्याख्यात्क घोषणाा सम्झौताको अंग बन्नुपर्छ भन्ने पक्षमा रहेको बताए । “व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको अंग बन्नुपर्छ । सार्वभौम संसद्ले पास गरेको कुरा हो,” उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अग्निप्रसाद सापकोटा, #नेकपा ( माओवादी केन्द्र
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्