सत्ता गठबन्धनले बारम्बार संविधान मिच्यो : झलनाथ खनाल

भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको सिकार नेकपा (एकीकृत समाजवादी) बन्नु नहुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले बारम्बार संविधान मिचिरेहको बताए । उनले कोशी प्रदेशबारे सर्वोच्च अदालतले दुई पटकसम्म संविधान विरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो ? भन्दै प्रश्न गरे ।
उनले गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको भन्दै यसबारेमा पार्टी क्लियर हुनुपर्ने बताए ।
उनले भने, ‘हामी संविधानको रक्षा गर्ने भन्छौँ तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, कोशीमा त दुई पटक संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ ? हाम्रो पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरुले गरेका गलत कामको सिकार हुनु हुँदैन । हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ । त्यसो गरेमात्रै पार्टी स्थापनाको महत्व हुन्छ ।’
पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्नसक्ने सम्भवाना भएको पार्टी रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #झलनाथ खनाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्