Techie IT
सोमबार, वैशाख २२,२०८२

तस्करहरुको जालो तोड्दै रुपन्देही प्रहरी, शून्य सहनशीलतामा विशेष जोड


रुपन्देही । भारतसँगको खुला सीमाका कारण व्याप्त तस्करको जालो तोड्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीले त्यसविरुद्ध अभियान तीव्र पारेको छ ।

सीमा क्षेत्रमा हुने गरेका आपराधिक गतिविधि र तस्करीको सञ्जाल तोड्न सक्रिय भएको हो । चोरी, तस्करी, अवैध कारोबार तथा हतियार ओसारपसार लगायतका आपराधिक गतिविधि रुपन्देही प्रहरीको सक्रियतामा नियन्त्रणमा आउन थालेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक भरत बहादुर बिकको आक्रमक कारवाहीले ठूला सेटिङमा हुने गरेको तस्करी सञ्जाल तोडिन थालेको छ । उनी आएपछि रुपन्देहीमा लागुऔषध, चोरी तस्करी नियन्त्रण, लैंगिक हिंसा, अपराधविरुद्ध प्रहरी सक्रियता बढेको छ ।

रुपन्देही प्रहरीको तथ्यांक अनुसार गत, आर्थिक बर्षमा ६ करोड बढीको अवैध समान बरामद गरी भैरहवा भन्सार कार्यालय पठाएको थियो । सोही अवधिमै प्रहरीले ४९ वटा मोटरसाइकल, २ वटा छोटा हात्ती, ४ वटा ट्रक, २ वटा बोलेरो, १ वटा बस, १ वटा ट्याङ्कर, ३ वटा ट्याक्टर र साईकल १९ वटा नियन्त्रणमा लिईएको प्रहरी उपरीक्षक बिकले बताए ।

अब भन्सार छली चोरी पैठारीमा संलग्नलाई भन्सार कार्वाही अतिरिक्त पशुपंक्षीलाई क्रुर ब्यवहार देखाउनेलाई मुद्दा दर्ता गरी प्रक्रिया अगाडी बढाएका छौं । विश्वकर्माले भने “यसलाई अभियानकै रुपमा अब निरन्तर लैजाने छौं । खुला सीमानाका कारण जिल्लाको मुख्य चुनौतीको रुपमा रहेको लागुऔषधको कारोवारीविरुद्ध पनि सीमादेखि सहरसम्म प्रहरीले विशेष निगरानी बढाएको छ ।

जिल्लामा लागूऔषध कारोवारको संगठित सञ्जाल तोडिएको उनको दाबी छ । उनी भन्छन्, ‘खुल्ला सीमानाका कारण लागूऔषधको कारोबारमाथि पूणतः काबु पाउन गाह्रो छ। त्यहीँ पनि प्रहरीको सक्रियता, निगरानी बढाएका छौँ । धाकधम्की देखाउने, गुण्डागर्दी गर्ने, अवैध काम गर्नेहरु अहिले हच्कीएका छन् ।

विभिन्न शक्तिको आड लिएर प्रहरीलाई केही गर्न सक्दैनन् भनेर दम्भ देखाउनेहरुको मनोबल कमजोर हुँदै गएको उनको दाबी छ । सर्वसाधारणहरु आफ्ना गुनासा, समस्या बोकेर प्रहरी अधिकृत र प्रमुखसम्म पुर्‍याउन सक्ने वातावरण निर्माण भएको छ । प्रहरी कार्यालयमा बिचौलियाको प्रवेशलाई जिल्लादेखि मातहतसम्मै निषेध गरिएको उनलेे बताए ।

अहिले पीडित स्वयं प्रहरी अधिकृत समक्ष आफ्ना पीडा सुनाउने वतावरण बनेको छ, उनले भने । अपराध गर्ने अपराधीहरुबिरुद्ध रुपन्देही प्रहरी कडा एक्सन र सर्वसाधारण नागरिकसँग मधुर व्यवहार गर्न जिल्लादेखि मातहतका सबै प्रहरी इकाइलाई मेरो स्पष्ट निर्देशन छ । सोही अनुसार प्रहरीले आफ्नो काम गरिरहेका छन्, उनले भने ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:19 am6:41 pm +0545