सेटिङ र मिलेमतोबिना सुन तस्करी सम्भव छैन : रवि लामिछाने

साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङबिना सुन तस्करी सम्भव नरहेको बताएका छन् ।
आज, शनिबार विराटनगर पुगेका सभापति लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा सेटिङ र मिलेमतोबिना विमानस्थलबाट सुन तस्करी सम्भव नरहेको बताएका हुन् ।
‘सेटिङ र मिलेमतोबिना सुन तस्करी सम्भवै छैन । कुन लेबलको, कुन ढङ्गको तस्करी हो भन्ने विषयमा अनुसन्धान गरिनुपर्छ,’ उनले भने । सभापति लामिछानेले ठूलो परिमाणको सुन राजनीतिक, प्रशासनिक संयन्त्रको मिलेमतो र सेटिङमै तस्करी भएको दाबी गरेका छन् ।
अनुसन्धान नसकिँदासम्म रास्वपाले धैर्य गर्ने र वास्तविकता थाहा पाएपछि मात्र आवाज उठाउने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्