रबिन तामाङको पोस्टमार्टम रिपोर्टमा के देखियो ?

काठमाडौं असार २१ । चर्चित गायक तथा अभिनेता रबिन तामाङको पोस्टमार्टम सकिएको छ । प्रारम्भिक रिपोर्टमा उनको मुटुमा समस्या देखिएको र यसै कारण उनको निधन भएको हुनसक्ने बताइएको छ ।
त्रिवि शिक्षक अस्पताल महाराजगन्जका फोरेन्सिक विज्ञ डा। गोपाल चौधरीले रातोपाटीसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
उनले पोस्टमार्टम गर्दा प्रारम्भिक चरणमा मुटुमा समस्या देखिएको जानकारी दिँदै मृत्युको मुख्य कारण भने यकिन भइनसकेको बताए । डा। चौधरीले तामाङको रगत र भिसेरा परीक्षणका लागि प्रयोगशाला पठाइएको र रिपोर्टको परीक्षणपश्चात् मृत्युको कारण थाहा हुने जानकारी दिए ।
तामाङको शव परिवारले बुझिसकेको छ । उनको अन्त्येष्टिको समय भने खुल्न बाँकी छ । तामाङ मंगलबार बेलुका बुढानीलकण्ठस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingn, #पोस्टमार्टम रिपोर्टमा के देखियो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्