माओवादीको प्रष्टीकरण- प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना गर्न सकिँदैन

काठमाडौं असार २१ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने कुरा कल्पना समेत गर्न नसकिने बताएका छन् ।
सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले सदनमा जवाफ दिने बताए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडान राखेको छ ।
उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको भन्नेबारे संसदमा आफ्नो विषयवस्तु राख्नुहुन्छ । त्यो उहाँले धेरै वर्षको कुरा गर्नुभएको हो । अहिले त्यसलाई अघि बढाउन मिल्दैन ।’
मिटरव्याजपीडित र भ्रष्टाचारविरुद्ध सरकार उभिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको आरोप लगाए । प्रधानमन्त्रीले सदनमा आफ्नो कुरा नराखी सदन अवरोध गर्नु ठीक नभएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot news, #प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना गर्न सकिँदैन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्